काठमाडौं । इरानले शुक्रबार ओमानमा गरेको ड्रोन आक्रमणमा परी एक नेपाली घाइते भएका छन् ।
शुक्रबार भएको आक्रमणमा नुवाकोटको ककनी निवासी एक नेपाली सामान्य घाइते भएकाे र उनी अहिले अस्पतालमा उपचारत रहेकाेले भोलि उनलाई डिस्चार्ज गर्ने जानकारी प्राप्त भएको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएकाे छ ।
उनी आफ्नो कोठामा बसिरहेको बेला इरानी ड्रोन विस्फोट हुँदा छर्रा लागि घाइते भएका थिए । त्यसपछि उनलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, ओमानको सोहर प्रान्तमा शुक्रबार इरानले प्रहार गरेको ड्रोन खस्दा दुई विदेशी कामदारको मृत्यु भएको थियो । ड्रोन अल–अवाही औद्योगिक क्षेत्रमा खसेको थियो । सोही घटनामा परी एक नेपाली सामान्य घाइते भएका हुन् ।


प्रतिक्रिया