काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छन् ।
दिउँसो १२ बजेतिर पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगेकी हुन् । पिता गुमाएका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको उनको सचिवालयले जनाएको छ ।
ओलीका पिताको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।


प्रतिक्रिया