राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा ओली पिताप्रति श्रद्धाञ्जली

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा ओली पिताप्रति श्रद्धाञ्जली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भक्तपुरको गुन्डुस्थित निवास पुगेर अध्यक्ष दाहालले आइतबार श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सो क्रममा उनले स्व. मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण पनि गरे । साथै, अध्यक्ष ओलीसहित परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।

आजै ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुन्डु पुगेका थिए । मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।