कुवेतमा रहेका नेपालीहरूलाई साउदी हुँदै फर्किन दूतावासको अनुरोध

कुवेतमा रहेका नेपालीहरूलाई साउदी हुँदै फर्किन दूतावासको अनुरोध



काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ ।

दूतावासले विज्ञप्ती जारी गरी मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन भनेको हो ।

‘मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिन्छ । भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिनुहुन अनुरोध छ,’ दूतावासले भनेको छ ।