काठमाडौं । मिटरब्याज पीडकहरुलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरुले आज पनि काठमाण्डौमा प्रर्दशन गरेका छन् । प्रहरीले पक्राउ गरेका शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरुलाई कारबाही हुनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
लाखौ रुपैयाँ ठगी गर्ने उनीहरुलाई कडा कारबाही गर्न आफूहरु भद्रकालीमा रहेको प्रहरी परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताइन् । पीडकहरुले आफूहरुमाथि ठूलो अन्याय गरेकाले उनीहरुलाई सरकारले कडा कानूनी कारबाही गर्नुपर्ने उनको माग छ ।
पिडक पक्राउ पर्नु खुशीको कुरा भएको र कडा कारबाहीका लागि दबाब दिन आएको अर्की पीडित सुनिता चापागाईं खतिवडाले बताइन् । केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरुले पिडकलाई कारबाहीको माग गर्दै आएका छन् ।


प्रतिक्रिया