राष्ट्रिय लिग : लालिगुँराससँग प्लानिङ ब्वाइज पराजित

राष्ट्रिय लिग : लालिगुँराससँग प्लानिङ ब्वाइज पराजित



काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशाेसिएशन क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई हराएको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा लालिगुँरासले प्लानिङ ब्वाइजलाई ३–२ गोलले हराएको हो ।

आजै सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले २–२ गोलको बराबरी खेलेका छन् । आजै बेलुकी ६ बजे मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेका छन् ।