काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अयोग्य खेलाडी प्रयोग गरेको ठहर गर्दै मलेसिया फुटबल संघलाई कारबाही गरेको छ ।
एएफसीको अनुशासन तथा आचारसंहिताको धारा ५६ उल्लंघन गरेको आरोपमा मलेसियालाई एफसी एसियन कप २०२७ छनोट अन्तर्गत खेलेका दुई खेलमा ‘फोर्फिट’ हार दिइएको हो ।
मलेसियालाई २५ मार्च २०२५ मा नेपालविरुद्ध र १० जुन २०२५ मा भियतनामविरुद्धको खेलमा ३–० को हार दिइएको छ । मलेसियाले नेपालविरुद्ध २–० तथा भियतनामविरुद्धको ४–० को जित निकालेको थियो ।
यससँगै मलेसिया फुटबल संघलाई ५० हजार अमेरिकी डलर जरिवाना पनि तोकिएको छ । यो ३० दिनभित्र बुझाउनुपर्नेछ । कारबाहीपछि अब एउटा मात्र खेल बाँकी रहँदा मलेसियाको एसियन कप २०२७ मा छनोट हुने सम्भावना समाप्त भएको छ ।
भियनामले एसिया कपमा स्थान बनाइसकेको छ । नेपाल भने ३ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया