काठमाडौं । झापा एफसीलाई हराउँदै त्रिभुवन आर्मी एफसीले शहीद स्मारक एन्फा महिला लिगमा विजयी शुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले झापालाई ५–० गोलले हरायो । आर्मीका लागि अञ्जना थुलुङ राईले दुई तथा दीप शाही, हिमा चौधरी र तुलसा बोहराले एक/एक गोल गरे ।
यसअघि आजै भएकाे उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) लाई हराउँदै सङ्कटा क्लबले एन्फा महिला लिगमा विजयी शुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता आउँदो वैशाख १२ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया