काठमाडौं । इरानले अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप २०२६ को समूह चरणका खेल अमेरिकामा खेल्न अस्वीकार गरेको छ ।
इरान फुटबल संघ (एफएफआईआरएफ)का अध्यक्ष मेहती ताजले विश्वकपबाट नाम फिर्ता लिने इरानको कुनै पनि नियत नभए पनि अमेरिकामा हुने विश्वकप खेल्न भने असमर्थ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले उल्लेख गरेको छ ।
साथै, ताजले राष्ट्रिय टिमले विश्वकपको तयारी गरिरहेको पनि बताएका छन् ।
“इरानको राष्ट्रिय फुटबल टिमले टर्कीमा विश्वकपको तयारी गरिरहेको छ । राष्ट्रिय टिमले त्यहाँ दुई मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । अमेरिकामा विश्वकप खेल्न इरान अस्वीकार गर्छ । तर, विश्वकप भने नखेल्ने टिमको नियत छैन,” ताजको भनाइ उद्धृत गर्दै ‘फार न्युज एजेन्सी’ले जनाएको छ ।
युद्ध चर्किएपछि, इरानले फिफासमक्ष अमेरिकामा हुने समूह चरणका खेल मेक्सिकोमा सार्न अनुरोध गर्दै आएको छ । गत फ्रेबुअरीमा अमेरिकाले इरानका सर्वाेच्च नेता अलि खामेनीईको मृत्यु हुने गरी आक्रमण गरेपछि इरान प्रतिकारमा उत्रिएको छ ।
युद्धसँगै विश्वकपमा इरानको सहभागिता अन्योलमा परेको छ ।


प्रतिक्रिया