प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका खेलस्थल परिवर्तन

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका खेलस्थल परिवर्तन



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०८२ अन्तर्गत तय गरिएको खेलस्थल परिवर्तन गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ती जारी गर्दै चैत ७ गतेदेखि सुरु हुने प्रतियोगिताका टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तय भएका सम्पूर्ण खेलहरू अब लोअर मुलपानी क्रिकेट मैदानमा सारिएको जनाएको हो ।

क्यानले आगामी ‘लिग टू’को तयारीलाई ध्यानमा राख्दै टियु क्रिकेट मैदानको स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले खेल स्थल परिवर्तन गरिएको स्पष्ट पारेको छ ।

प्रतियोगिताका सबै खेलहरू अब मुलपानीस्थित लोअर क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।