कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा चुनावी समीक्षाका साथसाथै समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।

पार्टी सभापति गगन थापाले दिएको राजीनामा र आगामी महाधिवेशनबारे छलफल हुनुका साथै निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीतिबारे ठोस निर्णय हुने नेताहरूले बताएका छन् ।