राप्रपा संसदीय दलको नेतामा शाही र प्रमुख सचेतकमा ओली चयन

राप्रपा संसदीय दलको नेतामा शाही र प्रमुख सचेतकमा ओली चयन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर शाही चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

शाहीले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जुम्ला बाट निर्वाचन जितेका थिए भने ओली समानुपातिक सांसद हुन् ।