काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो स्वत: दाबी रहने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग बोल्दै उनले आफू नै सबैभन्दा सिनियर भएको बताए ।
यद्यपि सहमतिपूर्ण ढंगले निष्कर्ष निकालियोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए ।
उनले भने, ‘दलको नेतामा मेरो स्वत: दाबी हुन्छ । सबैभन्दा सिनियर म नै हो । संसदीय अभ्यास र यात्रामा धेरै योगदान गरेको छु । २०४७ पछिको संसद कांग्रेसको सिंगै धान्दिने पनि म हुँ । म सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्नेमा छु ।’


प्रतिक्रिया