काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भएको हो ।
बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशनको कार्यतालिका, हालै सम्पन्न निर्वाचनको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल भइरहेको छ ।
आजको बैठकमा सभापति थापा भने अनुपस्थित छन् । बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसिरहेको छ ।


प्रतिक्रिया