कांग्रेस केन्द्रीय समिति बैठक पर्सी बस्ने गरी स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक पर्सी बस्ने गरी स्थगित



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पर्सी बस्ने गरी स्थगित भएको छ । आज केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बसेको थियो ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आइतबार बिहान ८ बजे बस्ने गरी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदन पेस गरेका थिए । सभापतिबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत हुनुपर्ने शर्माको भनाइ छ ।