दक्षिण अफ्रिकासँगको तेश्रो टी–२० मा न्युजिल्यान्ड विजयी

दक्षिण अफ्रिकासँगको तेश्रो टी–२० मा न्युजिल्यान्ड विजयी



काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले तेश्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । यो जीतसँगै न्युजिल्यान्डले पाँच खेलको टी–२० शृङ्खला २–१ को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो ।

न्युजिल्यान्डका टम लाथमले अविजित ६३ रन बनाए । त्यसअघि अकल्यान्डमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

नकोबानी मोकोएनाले अविजित २६ रन बनाए । न्युजिल्यान्डका काइल जेमिसन, मिचेल सेन्टनर र बेन सियर्सले समान २ विकेट लिए ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले ७ विकेटले जितेको थियो भने दोश्रो खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको थियो । अब चौथो टी–२० खेल पर्सि आइतवार र पाँचौ तथा अन्तिम खेल बुधवार हुनेछ ।