काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि उनी थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ प्रस्थान गरेका हुन् ।
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । देउवा गत १३ फागुनमा सहयोगी भानु देउवासहित सिंगापुर प्रस्थान गरेका थिए । तीर्थयात्राका लागि भारत गएकी देउवा पत्नी आरजु राणा देउवा दिल्लीबाटै सिंगापुर गएकी थिइन् ।


प्रतिक्रिया