सुन तोलामा १२ हजार ५ सयले घट्यो

सुन तोलामा १२ हजार ५ सयले घट्यो


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८२ हजारमा कारोबार भएको छ भने चाँदीको मूल्य रु चार हजार ५४० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ५०० र चाँदी रु चार हजार ८९५ कायम भएको थियो । ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।