नेपाल र आयरल्यान्ड क्रिकेट संघबीच पाँचवर्षे सम्झौता

नेपाल र आयरल्यान्ड क्रिकेट संघबीच पाँचवर्षे सम्झौता



काठमाडौं । नेपाल क्रिकेट र आयरल्यान्ड क्रिकेट संघ (क्यान) बीच लागि पाँचवर्षे सम्झौता भएको छ । आयरल्यान्ड क्रिकेटका अनुसार सम्झौतामा वार्षिक खेल, प्रशिक्षण शिविरजस्ता कुराहरू समावेश गरिएको छ ।

टेस्ट राष्ट्र आयरल्यान्डले सन् २०२६ का लागि सार्वजनिक गरेका कार्यक्रमहरूमा नेपाल आएर शृंखला खेल्ने पनि उल्लेख गरिएको छ । आईसीसीका अनुसार साझेदारीअन्तर्गत आयरल्यान्डले नेपालमा सीमित ओभरको क्रिकेट (एकदिवसीय र टी– २०) शृंखला खेल्ने तय भएको छ ।

तर, यस साझेदारीका बारेमा क्यानले भने आधिकारिक जानकारी दिएको छैन । यसबारेमा बुझ्न खोज्दा क्यान प्रवक्ता छुम्बी लामासँग सम्पर्क हुन सकेन ।

यसअघि क्यान सचिव पारस खड्काले वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने क्रममा कम्तीमा पनि दुई टेस्ट राष्ट्रसँग नेपालमै शृंखला खेल्ने लक्ष्य रहेको बताएका थिए ।