पोखरा बसाइपछि गगन थापा काठमाडौं फिर्ता, कांग्रेस बैठकमा अनुपस्थित

पोखरा बसाइपछि गगन थापा काठमाडौं फिर्ता, कांग्रेस बैठकमा अनुपस्थित


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा तीन दिनको पारिवारिक भ्रमण सकेर राजधानी फर्किएका छन्। उनी केही दिनअघि परिवारसहित पोखरा गएका थिए।

थापाले यसअघि सभापति पदबाट राजीनामा दिएका थिए। सो विषयमा निर्णय लिनका लागि केन्द्रीय कार्यसमितिको बैठक बस्दै आएको भए पनि उनी बैठकमा सहभागी भएका छैनन्। राजीनामासम्बन्धी छलफल भएको बैठकमा पनि उनी अनुपस्थित रहेको जनाइएको छ।

हाल पनि पार्टीको बैठक जारी रहे पनि थापा उपस्थित नभएको बताइएको छ। बैठकमा सभापतिका लागि राखिएको आसन खाली रहेको छ। यसैबीच, थापा परिवारसहित चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण भइसकेको जानकारी प्राप्त भएको छ।