काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिको अध्यक्षबाट डा.प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन । गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने समेत बताएका छन ।
महाधिवेशन भएर त्यसपछि प्राप्त पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने पनि उनले राजीनामापत्रमा उल्लेख छ ।


प्रतिक्रिया