काठमाडौं । पाल्पाको तिनाउ नदीमा दुई जना बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका वडा नं ३ स्थित विद्धुत पावर हाउसको ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका हुन् ।
प्रहरी चौकी दोभानका अनुसार भारतको सन्तविरनगरबाट घुम्न आएका उनीहरु पौडी खेल्न भन्दै ड्यामसाइडमा पुगेका थिए । सात जनाको समूहमा पौडी खेल्न पुगेका १७ वर्षीय अमान अन्सारी र १७ वर्षीय फरान अन्सारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो सवा तीन बजेतिर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त ड्यामसाइडमा पौडी खेल्ने क्रममा हरेक वर्ष कैयौं व्यक्तिको डुबेर मृत्यु हुने गरेको छ ।
ड्यामसाइड र भुतखोलामा डुबेर मृत्यु हुनेक्रम नरोकिएपछि सूचना टाँस गरेर पौडी खेल्न नजान आग्रह गर्दै आएको छ ।


प्रतिक्रिया