सिंहदरबारकाे सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा छलफल

सिंहदरबारकाे सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा छलफल



काठमाडौं । सिंहदरबारकाे सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालयमा छलफल भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आइतबार मन्त्रालयमा बसेकाे बैठकमा सुरक्षा तयारीबारे छलफल भएको हाे ।

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदहरूको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल गरेका हुन् ।

बैठकमा गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिए ।

सो अवसरमा सुरक्षाको आवश्यकीय प्रबन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो ।