काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नु अन्तरिम सरकारको दायित्व र जिम्मेवारी दुवै भएको बताएका छन् । महामन्त्री पौडेलले सामाजिक सञ्जालमा यस्तो बताएका हुन् ।
‘अब अन्तरिम सरकारको समय सकिएको छ, जानेबेलासमेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदै छ ?’, उनले लेखेका छन्, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’
उनले प्रतिवेदन सार्वजनिक नहुनुले अनेकौँ आशंका जन्माएको उल्लेख गर्दै प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न अनुरोध गरेका छन् ।


प्रतिक्रिया