यस वर्ष डढेलोका घटना कम हुन्छन् : वन मन्त्रालय

यस वर्ष डढेलोका घटना कम हुन्छन् : वन मन्त्रालय



काठमाडौं । यस वर्ष डढेलोका घटना कम हुने आकलन गरिएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष डढेलोका घटना हुने सम्भावना कम रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित डढेलोसम्बन्धी कार्यक्रममा बोल्दै शर्माले हिउँदे वर्षात भएकाले डढेलोको सम्भावना घट्न जाने देखिएको बताए ।

हिउँदे वर्षाका कारण वनमा रहेका पातपतिंगर कुहिने भएकाले पनि प्राकृतिक रूपमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क छ । सचिव शर्माले आगलागीका आकस्मिक घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चनाखो भएर लाग्नुपर्नेसमेत बताए ।

NMB Bank
उनले भने, “पुसको तेस्रो हप्तादेखि माघ पहिलो हप्तासम्म तीन दिन वर्षा भयो । यसले गर्दा यो वर्ष पोस्ट–फायर हुने चान्सेस कम हुन्छ । माटोले पातपतिंगर प्रशस्तै ग्रहण गर्छ । पातपतिंगर कुहिएर झर्ने पनि धेरै सम्भावना हुन्छ । त्यसले डेढलो घटाउन सक्छ,” उनले भने ।

सचिव शर्माले डढेलोसम्बन्धी विस्तृत जनचेतना फैलाउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको बताए ।