काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत १० गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूकोे उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ उनले आज निकालेको सूचनामा उल्लेख छ ।
यसअघि कांग्रेस केन्द्रीय समिति बैठक आइतबार मात्रै सकिएको थियो । फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा बारे उक्त केन्द्रीय समितिमा छलफल भई थापाको राजीनामा अस्वीकृत भएको थियो ।


प्रतिक्रिया