काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु र पत्थरलगायत १६ प्रकारका खानीजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले यो इजाजत प्रदान गरिएको हो ।
विभागले निजी तथा अन्तरराष्ट्रिय गरी जम्मा १ सय ६६ संस्थालाई उत्खनन अनुमति दिएको सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । अनुमति दिँदा वातावरणीय प्रभाव मूल्याङ्कन, राजस्व सङ्कलन र स्थानीयको लाभलाई ध्यानमा राखी आवश्यक सर्तहरू तोकिएको छ ।
तथापि, पुँजी र आधुनिक प्रविधिको अभाव, भौगोलिक विकटता र नीतिगत समस्याका कारण नेपालमा खनिज सम्पदाको अपेक्षित विकास हुन सकेको छैन ।


प्रतिक्रिया