यु–२० साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

यु–२० साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात



काठमाडौं । नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको यु–२० साफ च्याम्पियनसिपमा विजयी सु्रुवात गरेको छ ।

मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो । नेपालका लागि सुजन डंगोलले पाँचौँ र सुवास बमले ५२औँ मिनेटमा गोल गरे । भुटानका ढेनदुप ग्याल्जेनले ८३औँ मिनेटमा गोल फर्काए ।

चैत २१ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपाल, भुटान, आयोजक माल्दिभ्स र श्रीलङ्का रहेको छ ।

नेपालले समूहको दोस्रो खेल मार्च २५ मा श्रीलङ्का र अन्तिम खेल मार्च २७ मा माल्दिभ्ससँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेको छ । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।