रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गर्ने

रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक यही चैत १२ गते बिहीबार बस्ने भएको छ ।

बैठकमा संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गरी निर्णय गर्ने उक्त पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, घण्टी घर, वनस्थलीमा बस्ने उक्त पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।