काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सार्वजनिक भएलगत्तै उक्त प्रतिवेदन कार्यन्वयन पनि हुनुपर्ने बताए ।
‘त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् । त्यो प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस्,’ थापाले भनेका छन्, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउने अवस्था बनोस् ।’
साथै, उनले बिना पूर्वाग्रह प्रतिवेदन कार्यान्वयन गर्ने कुरा अघि बढोस् भन्ने विषयमा आफ्नो पार्टी स्पष्ट अडान राखेको जानकारी दिए ।
‘बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ,’ थापाले भनेका छन् ।


प्रतिक्रिया