गाउँ–गाउँमा संगठन विस्तार गर्ने उज्यालो नेपाल पार्टीको घोषणा

गाउँ–गाउँमा संगठन विस्तार गर्ने उज्यालो नेपाल पार्टीको घोषणा



काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले अब गाउँ–गाउँमा संगठन विस्तार गर्ने भएको छ ।

प्रतिनिधिसभा चुनाव सकिएपछि अब गाउँ–गाउँमा संगठन विस्तार गर्ने गरी अगाडि बढ्ने घिसिङले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अब सबै कमिटीमा भेला गर्दै स्थानीय तह र प्रदेश तहको चुनावसम्म जाने उनको भनाइ छ । साथै, सुशासनका लागि सडकमा बसेर सरकारलाई खबरदारी गर्ने पनि घिसिङको भनाइ छ ।