निष्पक्ष र पारदर्शी भूमिका निर्वाह गर्छु : अर्जुननरसिंह केसी

निष्पक्ष र पारदर्शी भूमिका निर्वाह गर्छु : अर्जुननरसिंह केसी



काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा संसद्लाई निष्पक्ष र पारर्दी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए । सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने उनको भनाइ छ ।

“मेरो सीमिति समयभित्र निष्पक्ष र पारदर्शी रूपले सभामुखको भुमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । र, संसदभित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रूपमा पनि भूमिका निर्वाह गर्नुपर्छ,” केसीले भने ।

नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले बैठक सञ्चालन र संसदको अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन् ।