काठमाडौं । आउँदाे अप्रिलमा थाइल्यान्डमा हुने फिफा सिरिजका लागि नेपालकाे प्रारम्भिक टाेली घाेषणा भएकाे छ । प्रतियाेगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज प्रारम्भिक चरणमा ३२ जना खेलाडी छनोट गरेको हाे ।
छनोट हुने खेलाडीहरूमा अनिता बस्नेत, अनिता केसी, अनिता लम्जेल, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, बर्षा ओली, विमला विक, बिरसना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा र नेहाकुमारी चौधरी छन् ।
यस्तै निशा ठोकर, पूनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सुक्रिया मिया, सुशीलाकुमारी चौधरी र उषा नाथ पनि प्रारम्भिक टाेलीमा परेका छन् ।
फिफा सिरिज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता हो ।


प्रतिक्रिया