काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ३ महिनाका लागि निलम्बन गरेको छ ।
हिजो बसेको राखेप कार्यकारी समितिको बैठकले एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत काम गरेको, परिषदको निर्देशन पालना नगरेको र अनुमति बिना चुनावी प्रक्रिया अघि बढाएको ठहर गरेको छ । राखेपले २४ घण्टाभित्र स्पष्टीकरण मागे पनि एन्फाको जवाफ सन्तोषजनक नभएपछि कारबाही गरेको जनाएको छ ।
साथै एन्फाले अन्तर्राष्ट्रिय निकायको निर्देशनलाई आधार बनाएर राष्ट्रिय कानुन बेवास्ता गरेको आरोप पनि लगाइएको छ ।
निलम्बनको अवधिमा एन्फालाई आफ्नो विधान र संरचना कानुनअनुसार संशोधन गर्न तथा परिषदको स्वीकृतिमा मात्र काम अघि बढाउन निर्देशन दिइएको छ । यो निर्णयले नेपाली फुटबलमा थप अन्योल बढाएको छ ।


प्रतिक्रिया