राम्रो काममा राप्रपाले सरकारलाई साथ दिन्छ : ज्ञानेन्द्र शाही

राम्रो काममा राप्रपाले सरकारलाई साथ दिन्छ : ज्ञानेन्द्र शाही



काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले गर्ने राम्रो कामको लागि आफूहरूको सहयोग रहने बताएका छन्। शपथ लिन सिंहदरबार पुगेका सांसद शाहीले संसदबाटै जनताको समस्या समाधान हुने आशा राखे ।

उनले भने, ‘पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसदबाटै जनताको समस्याको समाधान होस्। अहिले हामी सकारात्मक र राम्रा काममा सहयोग गरेरै अगाडि बढ्छौं ।’ उनले राप्रपा राष्ट्रको हितमा हुने कामको पक्षमा उभिने बताए ।