काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताएका छन् ।
बिहिबार सांसदकाे शपथ लिन सिंहदरबार पुगेका प्रचण्डले राम्रो काममा रास्वपा सरकारलाई साथ रहने बताए । उनले भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु । सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ ।’
उनले शान्तिपूर्ण रूपले संविधान अन्तर्गत निर्वाचन सम्पन्न भएकोप्रति आफू खुसी रहेको बताए ।


प्रतिक्रिया