एमाले संसदीय दलको बैठक च्यासलमा जारी

एमाले संसदीय दलको बैठक च्यासलमा जारी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग समसामयिक विषयमा छलफल सुरु गरेको छ ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकमा संसदीय गतिविधि, वर्तमान राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे विचार आदानप्रदान भइरहेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गरिरहेका छन् ।