काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा टोलीहरूको भ्यालुएसनमा ठूलो उछाल देखिएको छ ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) १.७८ अर्ब अमेरिकी डलर (करिब १६ हजार ७०६ करोड भारु) मा बिक्री भएसँगै आईपीएल इतिहासकै सबैभन्दा महँगो टोली बनेको छ । टोली साविक विजेता पनि हो ।
आरसिबीको पुरुष तथा महिला दुवै टोली आदित्य बिर्ला समूह, टाइम्स अफ इन्डिया समूह, बोल्ट भेन्चर्स र ब्ल्याकस्टोन पर्पेचुअल निजी इक्विटी स्टार्टीजी (बीएक्सपीइ)ले संयुक्त रूपमा खरिद गरेका हुन् ।
चार कम्पनीको संयुक्त समूहले पुरानो मालिक युनाइटेड स्पिरिट्स लिमिटेडसँग सम्झौता गरी आरसिबीका शतप्रतिशत सेयर खरिद गरेको हो ।
सम्झौतामा पुरुष तथा महिला दुवै टोली समावेश छन् । महिला टोलीले दुई महिला प्रिमियर लिग (डब्लुपिएल) उपाधि जितेको छ भने पुरुष टोलीले सन् २०२५ मा पहिलो पटक उपाधि जितेको थियो ।


प्रतिक्रिया