सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेर तोलामा चार हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।