सुधनलाई स्वर्णिम वाग्लेपछिको वरीयता

सुधनलाई स्वर्णिम वाग्लेपछिको वरीयता



काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिइएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेपछि गृहमन्त्री गुरुङको ववीयता छ । प्रचलन अनुसार सामान्यतः पहिले मन्त्री भइसकेका वरीयता माथि हुने प्रावधान छ ।

गुरुङपछि परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहताको वरीयता छ ।

यस्तै, सञ्चारमन्त्री विक्रम तिमल्सिना,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानूनमन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दिपक साह र महिला बालबालिका मन्त्री सीता वादीको वरीयता छ ।