निजामती प्रशासनभित्र गठन भएका कुनै समूहलाई हाम्रो समर्थन छैन : महामन्त्री बुर्लाकोटी

निजामती प्रशासनभित्र गठन भएका कुनै समूहलाई हाम्रो समर्थन छैन : महामन्त्री बुर्लाकोटी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती प्रशासनभित्र गठन भएका समूह, अभियान वा युनियन जस्ता संयन्त्रसँग पार्टीको समर्थन नरहेको उल्लेख गरेको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै कसैले पार्टी र नेतृत्वको नाम जोडेर स्वार्थ सिद्ध गर्न खोजे त्यस्तो भ्रममा नगर्न पनि आग्रह गरेका छन् ।

‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको र कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हामी आम कर्मचारी र सरोकारवालाहरूमा हार्दिक अपिल गर्दछौं,’ उनले भनेका छन् ।