काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतीय समकक्षी नरेन्द्र माेदी र पाकिस्तानी समकक्षी शहबाज शरिफले बधाई दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शाहलाई बधाई व्यक्त गरेका हुन् । उनले नेपाल–भारतबीचको मित्रता र सहकार्यलाई दुवै देशका नागरिकको पारस्परिक हितका लागि अझ उचाइमा पुर्याउन शाह नेतृत्वको सरकारसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राखेको उल्लेख गरेका छन् ।
यस्तै पाकिस्तानका प्रधानमन्त्री शरिफले पनि सामाजिक सञ्जालमार्फत शाहलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
यस्तै शाहलाई शीर्ष नेताहरूले बधाई दिएका छन् । शाहलाई पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति, कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।


प्रतिक्रिया