महान्यायाधिवक्ता सबिता भण्डारीले दिइन् राजीनामा

महान्यायाधिवक्ता सबिता भण्डारीले दिइन् राजीनामा



काठमाडौं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि आज महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उनले बताइन् ।