काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई अमेरिकाले बधाई दिएकाे छ । नेपालमा रहेकाे अमेरिकी दूतावासले शाह र नयाँ सरकारलाई सामाजिक सञ्जामार्फत बधाई दिएकाे हाे ।
दूतावासले आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउनका लागि नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेकाे जनाएकाे छ ।
यसअघि प्रधानमन्त्री शाहलाई भारतीय र पाकिस्तानी समकक्षीले बधाई दिएका थिए ।


प्रतिक्रिया