एकाविहानै पक्राउ पुर्जीसहित ओली निवास गुण्डु पुग्यो प्रहरी

एकाविहानै पक्राउ पुर्जीसहित ओली निवास गुण्डु पुग्यो प्रहरी



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि बाक्लो संख्यामा प्रहरीको टोली भक्तपुरको गुण्डुस्थित निवासमा पुगेको छ ।

अहिले प्रहरीको टोली कागजपत्रसहित गुण्डु पुगेको हो ।

ओली निवासमा रहेकी एमाले नेतृ रामकुमारी झांक्रीका अनुसार प्रहरी कागजातसहित पुगेका छन् । निवास बाहिर बाक्लो संख्यामा कार्यकर्ताहरू पनि पुगेका छन् ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका थिए । प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।

मध्यराति कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानासमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।

उनी हेडक्वार्टरबाट निस्किएर लिखित आदेश तयार पारे । त्यसपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर ओलीलाई नियन्त्रणमा लिन लागेको हो ।