पूर्वगृहमन्त्री रमेश लेखक निवासमा पनि पुग्यो प्रहरी

पूर्वगृहमन्त्री रमेश लेखक निवासमा पनि पुग्यो प्रहरी



काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको निवासमा प्रहरी पुगेको छ । लेखकलाई पक्राउ गर्नका लागि प्रहरी पुगेको हो ।

भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको गोलीकान्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोलीले दोषी ठहर गरेको हो ।

शुक्रबार बनेको बालेन नेतृत्वको सरकारले तत्कालै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।