काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरीले एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोलीलाई भक्तपुर प्रहरीका विभिन्न युनिटले मदत गरिरहेका छन् । उनीहरू मध्यरातबाटै ओली निवास गुण्डुमा छन् ।
प्रहरीस्रोतका अनुसार पक्राउ गर्ने टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास वरपर प्रहरीले तैनाथ छ । उठ्नेबित्तिकै नियन्त्रणमा लिइने बताइको छ ।
उनलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा लगिने र थप कानूनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया