काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक परामर्शका लागि कानुन व्यवसायीहरूलाई बोलाएका छन् । गुण्डुस्थित निवासमा आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् ।
उनीहरूसँग केहीबेर ओलीले परामर्श गर्ने नेताहरूले बताएका छन् । अहिले गुण्डुस्थित ओली निवासमा बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ । प्रहरीले आवश्यक कागजात पूरा गरेर गुण्डु पुगेको बताएको छ ।
ओलीलाई पक्राउ गर्न प्रहरीले एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको छ ।
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय लगत्तै गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि प्रहरी गुण्डु क्षेत्रमा परिचालन भएको हो ।
ओलीलाई पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीसँग शुक्रबार राति छलफल गरेका थिए ।


प्रतिक्रिया