काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनला भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेकाे हाे ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय लगत्तै गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि प्रहरी गुण्डु क्षेत्रमा परिचालन भएको हो ।
ओलीलाई पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीसँग शुक्रबार राति छलफल गरेका थिए ।


प्रतिक्रिया