प्रतिशोधको मूल्य महंगो हुन्छ, अबिलम्ब रिहा गर : महासचिव पोखरेल

प्रतिशोधको मूल्य महंगो हुन्छ, अबिलम्ब रिहा गर : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अबिलम्ब रिहा गर्न आग्रह गरेका छन् ।

उनले राजनीतिमा पूर्वाग्रह र प्रतिशोधको मूल्य महंगो हुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको रिहाइ माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ । जिम्मेवार बन, अविलम्ब रिहा गर ।’

त्यसैगरी, नेता योगेश भट्टराईले पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘समय पर्याप्त थियो । यो प्रतिशोध हो, त्यो पनि हतारमा । प्रतिवेदन कार्यान्वयन गर्ने नाममा पक्राउ गरिएको छ । यसको हामीले विरोध गर्छौं ।’

नेता महेश बस्नेतले आफूहरु सशक्त रुपमा सडकमा जाने बताएका छन् ।

‘सडकमा पनि सशक्त रुपमा जान्छौँ । राजबन्दी नभएको मुलुक भनेर हामीले नेपाललाई बनाएका थियौँ । आज अवस्था परिवर्तन भएको छ,’ बस्नेतले भने, ‘हामी सशक्त रुपमा सडकमा उत्रिन्छौँ । भदौ २३ र २४ को आन्दोलनका रचनाकारहरु अहिले सरकारमै छन् ।’